Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपा एमालेको निर्वाचन केन्द्रित जनप्रदर्शन

नेकपा एमालेको निर्वाचन केन्द्रित जनप्रदर्शन

आइतवार , माघ ४, २०८२

काठमाडौं । नेकपा एमालेको जनप्रदर्शन सुरु भएको छ।

नेकपा एमाले बागमती प्रदेश कमिटी द्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन केहिबेर अघिबाट सुरु भएको हो।

एमाले सचिव महेश बस्नेतको नेतृत्वमा भृकुटीमण्डपबाट सुरु भएको र्‍याली नेपाल प्रज्ञा प्रतिष्ठानसम्म पुगेर कोणसभामा परिणत भएको छ।

सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यकर्ताहरूले एमाले अध्यक्ष ओलीको तस्बिर अङ्कित ब्यानर बोकेर समृद्ध नेपाल र सुखी नेपालीको अभियन्ता ओली र नेकपा एमाले भएको भन्दै नाराबाजी गरिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077