काठमाडौं । नेपाल प्रहरीका ९६६ जना हवल्दारहरुको बढुवा तथा पदस्थापन भएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षकको आइतबारको निर्णयानुसार सहायक हवल्दारबाट हवल्दारमा बढुवा भएका उनीहरुको पदस्थापन भएको हो ।
उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै पदस्थापन भएका हवल्दारहरुको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम हाल ठेकिएको दरबन्दीमा हाजिर भए पश्चात सम्बन्धित कार्यालयका प्रहरी अधिकृतहरुबाट गर्नसमेत निर्देशन दिइएको छ ।