काठमाडौं । नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार गृह मन्त्रालयको आइतबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।
यस क्रममा चारवटा प्रदेशमा प्रहरी प्रमुख हेरफेर भएका छन्।
बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका प्रहरी प्रमुखको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सिआइबीमा रहेका डीआईजी भूपेन्द्र बहादुर खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
