Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गगन थापाविरुद्ध देउवा पक्षले हालेको रिट न्यायाधीश पोखरेलको इजलासमा

गगन थापाविरुद्ध देउवा पक्षले हालेको रिट न्यायाधीश पोखरेलको इजलासमा

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेश पक्षविरुद्ध हालेको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।

उक्त रिट न्यायाधीश पोखरेलको एकल इजलासको ‘ङ’ नम्बरमा राखिएको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा आज सुनुवाइ हुन लागेको हो । आइतबार शेरबहादुर देउवा, पूर्णबहादुर खड्का पक्ष रहेर वारेस श्रवणकुमार श्रेष्ठले रिट दायर गरेका थिए ।

सो रिट त्यही दिन दायर गरी सुनुवाइ पनि त्यही दिन गरिदिन माग गरिएको भएपनि कानुन अनुसार नमिल्ने जबाफ प्रशासनले दिएको थियो ।

रिटमा देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077