Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाल्पामा मलामी बोकेको जिप दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

पाल्पामा मलामी बोकेको जिप दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

बुधवार , माघ ७, २०८२

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मलामी बोकेको लु १ च ६९८५ नम्बरको बोलेरो जीप बुधबार दुर्घटना हुँदा जोगिथुमका अन्दाजी ३० वर्षीय टीकाराम कुमालको मृत्यु भएको रिब्दीकोट–१ का वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए ।

उनका अनुसार गुल्मीको रिडी–खज्र्याङ सडक खण्डस्थित खोल्टेपानीमा जीप दुर्घटना भएको हो । कुमालको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । गाडी सडकदेखि करिब १० मिटर तल खसेको छ ।

शव परीक्षणका लागि गुल्मीको तम्घास पठाइएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077