Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अर्जुननरसिंह केसीको दाबी- कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ

अर्जुननरसिंह केसीको दाबी- कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने बताएका छन्।

आज बसेको केन्द्रीय समिति बैठकपछि पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना भएको बताएका हुन् ।

केसीले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैलाई समेटेर एकीकृत रूपबाट अघि बढे कांग्रेस फेरि पनि पहिलो दल बन्ने बताए ।

उनले भने- 'पार्टीको निम्ति र समग्र देशबासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना भएको छ । यसलाई हामीले सबैलाई समेटेर अगाडी बढ्नुपर्छ । नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी हुन्छौँ । एकै निर्वाचन क्षेत्रबाट पटक पटक उम्मेदवार नहुनुपर्ने मान्यता अनुसार थापाले सर्लाही–४ बाट उम्मेदवारी दिँदै मधेसलाई प्राथमिकतामा राखेका हुन्।'

केसीले सभापति थापाले मधेसलाई कांग्रेसको मेरुदण्डको रूपमा हेरेर त्यहाँबाट उम्मेदवारी दिएको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077