काठमाडौं । नेपाल प्रहरीका एक हजार ३२ जना सहायक हवल्दारहरुको बढुवा तथा पदस्थापन भएको छ ।
प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदबाट सहायक हवल्दारमा उनीहरुलाई बढुवा तथा पदस्थापन गरिएको हो ।
सहायक हवल्दारहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पदस्थापन भएका सहायक हवलदारहरुको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम हाल ठेकिएको दरबन्दीमा हाजिर भए पश्चात सम्बन्धित कार्यालयका प्रहरी अधिकृतहरुबाट गर्नसमेत भनिएको छ ।