Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति गगनकुमार थापा भन्छन्- काठमाडौंबाट नै चुनाव जित्न सक्थेँ, तर आँट गरेर सर्लाही ४ रोजेँ

कांग्रेस सभापति गगनकुमार थापा भन्छन्- काठमाडौंबाट नै चुनाव जित्न सक्थेँ, तर आँट गरेर सर्लाही ४ रोजेँ

शनिवार , माघ १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसलाई नजोडी नहुने भएकोले सर्लाही ४ रोजेको बताएका छन् ।

शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा सर्लाहीका युवाहरूसँग उनले यस्तो बताएका हुन् ।

थापाले भने- 'म पहिले तीन पटक चुनाव जितिसकेको थिएँ। काठमाडौं कि सर्लाही भन्ने कुरा टुङ्गो नलागेसम्म अन्य पार्टीहरूले उम्मेदवार तय गर्न सकेका थिएनन् । काठमाडौं नलड्ने निर्णय गरेपछि मात्रै उम्मेदवार दर्ता भएको हो। काठमाडौं ४ मा सहजै जित निकाल्ने अवस्था भए पनि म जानेर बुझेर सर्लाही ४ रोजेको हुँ । अघिल्लो पटक पनि मधेस जान चाहन्थेँ, अहिले आँट गरेर आएको हुँ ।'

आफूले सर्लाही–४ का युवाको भर परेर जीवनकै अत्यन्त ठूलो राजनीतिक निर्णय लिएको उनको भनाइ थियो ।

सभापति थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077