Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार्यकर्तालाई प्रचण्डको निर्देशन - नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्नू

कार्यकर्तालाई प्रचण्डको निर्देशन - नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्नू

आइतवार , माघ ११, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने लक्ष्यसहित एकताबद्ध भएर लाग्न नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।

सिंहदरबारमा आयोजित राष्ट्रियसभा संसदीय दलको बैठकमा बोल्दै उनले संगठन सुदृढीकरण र जनमत विस्तारमा केन्द्रित हुन निर्देशन दिए ।

संयोजक दाहालले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरिएको स्मरण गराउँदै प्रतिनिधिसभा उम्मेदवार चयन पनि सबै पक्षलाई समेट्ने गरी गरिएको बताए।

'अब पार्टीको पक्षमा सकारात्मक माहोल बनाउन लाग्नुपर्छ,' उनले भने, 'प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गर्दा जनमत, कार्यक्षमता र छविलाई आधार बनाइएको छ, त्यसैले राम्रो नतिजा आउनेमा म विश्वस्त छु।'

उनले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सकारात्मक बनेको दाबी गरे। 'पार्टीले समयसापेक्ष भूमिका खेलेको छ, त्यसको प्रतिफल निर्वाचनमा देखिनेछ,' दाहालको भनाइ थियो।

बैठकले राष्ट्रियसभा संसदीय दलको नयाँ नेतृत्व पनि चयन गरेको छ। बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरिएको छ भने प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गङ्गा बेलवासेलाई जिम्मेवारी दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077