Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वोच्च जाने तयारीमा रहेका कांग्रेस पूर्वसांसदहरू किन रोकिए ?

सर्वोच्च जाने तयारीमा रहेका कांग्रेस पूर्वसांसदहरू किन रोकिए ?

बिहिवार , माघ १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आजका लागि तय गरिएको भेटघाटको कार्यक्रम रोकिएको हो ।

नेपाली कांग्रेसले सूचना जारी गर्दै ‘विशेष कारण’ले प्रतिनिधिमण्डलको सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरिएको जनाएको छ।

‘डेलिगेसन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख गरिएको छ।

प्रधानन्यायाधीश राउतको सचिवालयले फोनमार्फत आजका लागि तय भएको भेटघाटको कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी गराएको हो। यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०ः३० बजे सर्वोच्च अदालत जाने तयारीमा थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077