Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवा र अन्य नेतासँग निरन्तर संवादमा रहेको सभापति थापाको दाबी

देउवा र अन्य नेतासँग निरन्तर संवादमा रहेको सभापति थापाको दाबी

शुक्रवार , माघ १६, २०८२

धनुषा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र कुनै पनि प्रकारको दोषारोपण, रिसराग नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार धनुषामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आफू निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको दाबी गरेका हुन् ।

सभापति थापाले पार्टीभित्र विचार र दृष्टिकोणमा कहिलेकाहीँ मतभेद देखिए पनि अन्ततः सबै नेता–कार्यकर्ता एउटै लक्ष्यका लागि एक ढिक्का भएर अघि बढ्ने बताए ।

‘म पार्टीका निवर्तमान सभापति आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु,’ उनले भने, ‘पार्टीका अन्य शीर्ष नेताहरूसँग पनि मेरो नियमित छलफल भइरहेको छ।’

उनले कांग्रेसभित्र स्वस्थ बहस र मतभेद लोकतान्त्रिक संस्कारको हिस्सा भएको उल्लेख गर्दै चुनावी मैदानमा भने सबै नेता र कार्यकर्ता एकताबद्ध रहेको दाबी गरे।

‘हामीबीच केही कुरामा फरक मत हुन सक्छ, तर अन्तिममा कांग्रेस एक ढिक्का हुन्छ,’ थापाले जोड दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077