Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एआईजी हिमालय श्रेष्ठ सुदूरपश्चिममा

एआईजी हिमालय श्रेष्ठ सुदूरपश्चिममा

आइतवार , माघ १८, २०८२

कैलाली । निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालय कुमार श्रेष्ठ सुदूरपश्चिम प्रदेश आइपुगेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंको प्रशासन विभाग प्रमुखसमेत रहेका एआईजी श्रेष्ठ आइतबार साँझ धनगढी आइपुगेका हुन् ।

धनगढी पुगेलगत्तै एआईजी श्रेष्ठले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्तै संवेदनशील हुने उल्लेख गरे ।

एआईजी श्रेष्ठले सुरक्षा संवेदनशील क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन, कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन सक्रिय भूमिका निर्वाह गर्न र कानुनको पूर्ण पालना गर्दै नागरिकमैत्री ढंगले काम गर्न निर्देशन दिए ।

एआईजी श्रेष्ठको सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर सुरक्षा व्यवस्था, तयारी तथा चुनौतीबारे स्थलगत रूपमा समीक्षा गर्दै निर्देशन दिने कार्यतालिका रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077