Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन सुरक्षाका लागि मधेसमा खटाइए तीन एसएसपी, सम्हाल्नेछन् ८ जिल्लाको जिम्मेवारी

निर्वाचन सुरक्षाका लागि मधेसमा खटाइए तीन एसएसपी, सम्हाल्नेछन् ८ जिल्लाको जिम्मेवारी

सोमवार , माघ १९, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि मधेस प्रदेशमा तीनजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई ८ जिल्लाको सुरक्षा अनुगमन तथा समन्वयको जिम्मेवारी दिइएको छ ।

एसएसपी कमल थापा, प्रदेश तालिम केन्द्र राजविराजका एसएसपी भीमबहादुर दाहाल र संघीय प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसएसपी शान्तिराज कोइरालालाई निर्वाचनपूर्व सुरक्षा अवस्था मूल्यांकन र योजना निर्माणका लागि खटाइएको हो ।

दाहाललाई सिरहा र सप्तरी, कोइरालालाई बारा, पर्सा र रौतहट तथा थापालाई धनुषा, महोत्तरी र सर्लाहीको जिम्मेवारी दिइएको छ। मधेसका सबै जिल्लामा एसपीले सुरक्षा कमान्ड गर्नेछन् ।

सिरहा, सर्लाही, रौतहट र पर्सा बढी सुरक्षा चुनौती भएका जिल्ला मानिएका छन् । यी जिल्लामा प्रमुख नेताहरूको उम्मेदवारी, दल परिवर्तन, धार्मिक तनाव र अघिल्ला निर्वाचनका घटनाले सुरक्षा चुनौती बढाएको छ।

मधेसका ३२ निर्वाचन क्षेत्रमा २ हजार १६० मतदानस्थल र ४ हजार ४७१ मतदान केन्द्र छन् । तीमध्ये १ हजार २३७ मतदानस्थल अति संवेदनशील र ७६३ संवेदनशील छन्। प्रदेशमा ३६ लाख ३६ हजारभन्दा बढी मतदाता रहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077