Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपालाई प्रचण्डको चुनौती– तपाईहरुभन्दा नयाँ हामी हौं, नेकपा पहिलो पार्टी बन्छ

रास्वपालाई प्रचण्डको चुनौती– तपाईहरुभन्दा नयाँ हामी हौं, नेकपा पहिलो पार्टी बन्छ

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने जिकिर गरेका छन् । 

नेकपा निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेसम्म २५ वटा घटकलाई एकताबद्ध गराइसकेको भन्दै नेकपा पहिलो पार्टी बन्ने दावी गरेका हुन् । 

देशका अधिकांश क्षेत्रमा नेकपाले चुनाव जित्ने वातावरण बन्दै गइरहेको बताउँदै उनले भने–‘नेकपा पहिलो पार्टी बन्ने सम्भावना देखिएको छ ।’

रास्वपालाई लक्षित गर्दै उनले  नयाँ भन्नेहरूसँग कुनै विचार, सिद्धान्त नभएको बताए।

उनले भने–‘नयाँ र पुरानोको कुरा गरेका छन् के हो नयाँ ? नयाँ र पुरानोको निधो विचार र एजेन्डाले गर्छ, गणतन्त्र भन्दा नयाँ विचार देशमा कसैले ल्याएको छ ? नयाँ भनेको गणतन्त्र हो, त्यसैले सबैभन्दा नयाँ नेकपा छ। सबैलाई पहिचान र अधिकार दिने भन्दा नयाँ नारा के छ ? नयाँ भनिनेहरूको सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ मुद्दा छ ?’

उनले नेकपालाई पुरानै कित्तामा राखेको भन्दै सबैभन्दा पुरानो रास्वपा नै भएको जिकिर गरे। उनले भने–‘तपाईँहरू उदार पूँजीवाद र दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ? त्यसैले हामी भन्छौँ नयाँ हामी हो, गणतन्त्र र सङ्घीयता भन्दा नयाँ अरू केही छ। देशको नेतृत्व अब हामीले गर्ने हो भन्ने आत्मसाथका साथ भन्न सक्नुपर्छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077