Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अमेरिकी दबाबलाई अस्वीकार गर्दै इरानले भन्यो - युरेनियम सम्वर्द्धन रोक्दैनौँ

अमेरिकी दबाबलाई अस्वीकार गर्दै इरानले भन्यो - युरेनियम सम्वर्द्धन रोक्दैनौँ

मंगलवार , माघ २७, २०८२

एजेन्सी । इरानले अमेरिकाको दबाब र धम्कीलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ । इरानले आफ्नो युरेनियम सम्वर्द्धन कार्यक्रम कुनै पनि हालतमा नछोड्ने घोषणा गरेको हो ।

अमेरिकी सैन्य आक्रमणको धम्की वा नयाँ आर्थिक प्रतिबन्ध लगाउने चेतावनी आए पनि इरान आफ्नो परमाणु नीति परिवर्तन नगर्ने बताइएको छ ।

आइतबार तेहरानमा आयोजित एक सार्वजनिक कार्यक्रममा इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानलाई डर देखाएर परमाणु नीति परिवर्तन गराउन नसकिने बताएका छन्। उनले अमेरिकाको नियतमाथि इरानलाई विश्वास नरहेको समेत स्पष्ट पारे।

उनको यो प्रतिक्रिया इरान र अमेरिकाबीच ओमानमा वार्ता पुनः सुरु भएको समयमा आएको हो। इरानले आफूविरुद्ध लगाइएका कडा आर्थिक प्रतिबन्ध हटाउन चाहेको छ भने अमेरिकाले इरानको परमाणु कार्यक्रममा रोक लगाउन दबाब दिइरहेको छ।

अराघचीले युरेनियम सम्वर्द्धन इरानका लागि कुनै पनि हालतमा सम्झौताको विषय नभएको बताए। 

उनले युद्धको धम्की दिएर परमाणु नीति परिवर्तन गर्न दबाब दिनु झनै गलत र अस्वीकार्य भएको बताए। साथै, खाडी क्षेत्रमा अब्राहम लिंकन युद्धपोतसहित अमेरिकी सैन्य तैनाथीले इरानलाई त्रसित बनाउन नसक्ने पनि उनले दाबी गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077