Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आइजीपी कार्कीको निर्देशन- सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुनुस्

आइजीपी कार्कीको निर्देशन- सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुनुस्

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा  सूचना संकलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिएका छन् । 

आईजीपी कार्कीले शुक्रबार निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा’ भर्चुअल बैठकमाध्यमबाट प्रहरी कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

महानिरीक्षक कार्कीले भने- 'निर्वाचन आचारसंहिता उल्लंघन गर्ने एवम् अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखी सुरक्षा संयन्त्र परिचालित हुनुस् । '

उनले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सूचना संकलन तथा विश्लेषण एवम् पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरू सदैव तयार रहनुपर्नेमा जोड दिए। 

उक्त भर्चुअल बैठकमा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू सहभागिता रहेको थियो।

यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि  उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा खटिन र नेपाली सेना, नेपाल प्रहरी र निर्वाचन कर्मचारीहरूलाई थप मद्दत र सहयोग आवश्यक परेमा आदेशविना नै तत्काल परिचालित हुन र पछि मुख्यालयमा जानकारी गराउन देशैभरका युनिटलाई निर्देशन दिइसकेका छन् । 

 निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना देशैभर परिचालित छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077