Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुरक्षा संवेदनशीलता विश्लेषण गरी प्रहरी परिचालन गर्न आईजीपी कार्कीको निर्देशन

सुरक्षा संवेदनशीलता विश्लेषण गरी प्रहरी परिचालन गर्न आईजीपी कार्कीको निर्देशन

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनको समयमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयबारे प्रहरी कर्मचारीहरूलाई निर्देशन तथा सम्बोधन गर्दै कार्कीले सो निर्देशन दिएका हुन् ।

उनले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई अन्य सुरक्षा निकाय एवं सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आआफ्नो क्षेत्रमा त्रुटिरहित तवरमा कार्यसम्पादन गर्न निर्देशन दिए ।

निर्वाचन प्रहरीको गुनासो सम्बोधन गर्दै उनीहरूप्रति गरिने आचरण, व्यवहारप्रति थप संवेदनशील भई निर्वाचन प्रहरीको प्रभावकारी परिचालनमा समेत विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

निर्वाचनको समयमा थप मद्दतको रूपमा खटिएर आउने प्रहरी कर्मचारीको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन उनले आग्रह गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077