काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले मतदातालाई लोकप्रियतावादको भ्रमबाट सचेत रहन आग्रह गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा शाहीले देशको लोकतान्त्रिक अभ्यासमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने भन्दै यस्तो बताएका हुन् ।
उनले भने- ‘राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुन्छ र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहन्छ ।’
उनले सबै मतदातालाई विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै विवेकपूर्ण ढंगले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरे ।
शाहीले लोकप्रियतावादको प्रभाव विश्वका धेरै देश र दक्षिण एशियाका केही राष्ट्रहरूमा देखिएको उदाहरण समेत उल्लेख गर्दै नेपालमा दीर्घकालीन स्थायित्व र विकासको मार्ग रोज्नुपर्नेमा जोड दिए ।