Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सब-इन्जिनियर हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द

सब-इन्जिनियर हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द

सोमवार , फाल्गुण ४, २०८२

सर्लाही। जिल्ला अदालत सर्लाहीमा कार्यरत कर्मचारीहरूले सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहारबाट भएको हत्याको विरोध गर्दै सोमबारका लागि अदालतको सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन्।

यादवको हत्या गर्ने दोषीमाथि कडा कारबाहीको मागसहित अदालतको सम्पूर्ण सेवा स्वस्फूर्त रूपमा बन्द गर्ने निर्णय गरेको अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले जानकारी दिए ।

आइतबार साँझ मलंगवा नगरपालिका–१० स्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर यादवलाई अज्ञात समूहले डेराबाट बाहिर बोलाई गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि मलंगवा अस्पताल लगिएको थियो।  मुटुको नजिक गोली लागेकोले उपचारकै क्रममा यादवको मृत्यु भएको थियो 

सिरहाको सुखीपुर नगरपालिका–६, बैशाखा स्थायी घर भएका अन्दाजी ३६ वर्षीय यादव बुवाको निधनपछि किरिया सकेर आइतबार नै सर्लाही फर्किएका थिए। बुवाको मृत्युको शोकबाट उकासिन नपाउँदै मलंगवास्थित डेरामा पुगेका उनीमाथि गोली प्रहार भएको हो।

जिल्ला अदालतका कर्मचारीहरूले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन, कर्मचारीहरूले मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा कर्मचारी र कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

साथै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077