Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पर्साको कमाण्ड सम्हाल्न एसपी सुवेदीलाई खटाइयो

पर्साको कमाण्ड सम्हाल्न एसपी सुवेदीलाई खटाइयो

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सामा केही दिनका लागि एसपी नरेशराज सुवेदीलाई खटाएको छ।

पर्सामा कार्यरत एसपी सुदीपराज पाठकको बुबा बितेर बिदामा बस्नुपर्ने भएपछि जिल्लाको नेतृत्वमा सुवेदीलाई खटाइएको हो। एसपी सुवेदी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन्।

निर्वाचनको संवेदनशील समयमा जिल्ला निमित्तको भरमा चल्दा समस्या हुनसक्ने भएकाले नयाँ एसपीलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तराईका जिल्ला अनुगमनसहितको जिम्मेवारीसहित अर्को सातादेखि एसएसपीलाई पनि खटाउन लागिएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077