Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झण्डा जलाउनेलाई कारबाही नगरे प्रतिवादमा उत्रिने एमाले लडाकु दस्ताको चेतावनी

झण्डा जलाउनेलाई कारबाही नगरे प्रतिवादमा उत्रिने एमाले लडाकु दस्ताको चेतावनी

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । नेकपा एमालेको नेशनल भोलेन्टियर्स फोर्स (लडाकु दस्ता) ले पार्टीको झण्डा जलाइएको भन्दै प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले आज वक्तव्य जारी गर्दै झण्डा जलाउने,एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउनेलाई कारबाही गर्न भनेका छन्।

यस्ता कार्यमा संलग्न व्यक्तिमाथि राज्य संयन्त्रले कारवाही नगरे अराजकहरूलाई कारबाही गर्न सशक्त प्रतिवाद गर्ने चेतावनी वक्तव्यमार्फत दिएका छन्।

बिहीबार एमाले महासचिव शंकर पोखरेलको गृहनगर दाङ तुलसीपुर क्षेत्रमा रास्वपाका कार्यकर्ताले नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका थिए ।

साथै बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि भेला भएका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

सुर्खेतबाट तुलसीपुर हुँदै घोराही पुगेका लामिछानेको स्वागत कार्यक्रमकै क्रममा झण्डा दहन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

यस्तै रास्वपा दाङका सभापति विनय घिमिरेले हिजो राति नै विज्ञप्ति निकाल्दै शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिले अत्तालिएकाहरूले घुसपैठ गरी भ्रमपूर्ण वातावरण सिर्जना गरेको जिकिर गरेका छन् । उनले झन्डा जलाउने कार्यमा पार्टीको संलग्नता नरहेको प्रष्टीकरणसहित संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077