Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाले चुनाव भाँड्न खोजेको एमालेको आरोप

रास्वपाले चुनाव भाँड्न खोजेको एमालेको आरोप

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि आगामी प्रतिनिधिसभा निर्वाचन भाँड्न खोजेको गम्भीर आरोप लगाएको छ।

शनिबार जारी विज्ञप्तिमा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण सिर्जना भइरहेको जनाएको हो।

एमालेले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सरकारको भए पनि हालको शान्ति–सुरक्षाको अवस्था भरोसायोग्य नरहेको दाबी गरेको छ।

देशका विभिन्न स्थानमा आफ्नो चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाउने, पार्टी नेतृत्वप्रति घृणा फैलाउने तथा अशान्ति निम्त्याउने गतिविधि बढेको आरोप विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा यस्ता गतिविधिलाई मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्रको संज्ञा दिँदै सरकार र सम्बन्धित निकायलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन तथा दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।

एमालेले फागुन २१ को निर्वाचनलाई ‘देश बनाउने र जलाउनेबीचको जनमत संग्रह’ का रूपमा व्याख्या गर्दै ‘भोट फर चेन्ज’ जस्ता नारामार्फत जनमत प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाएको छ।

सर्वेक्षणको नाममा नक्कली नतिजा सार्वजनिक गरी मतदातालाई भ्रममा पार्ने काम भइरहेको दाबी पनि उसले गरेको छ।

त्यस्तै, निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने आकलनपछि रास्वपाले विभिन्न जिल्लामा दलका झण्डा तथा चुनाव चिन्ह जलाउने, समुदायबीच द्वन्द्व सिर्जना गर्ने र हिंसा भड्काउने गतिविधि थालेको एमालेको आरोप छ।

गौरमा जारी अनिश्चितकालीन कर्फ्युको उदाहरण दिँदै एमालेले यस्ता घटनाले मतदाताको सुरक्षित मतदान अधिकार प्रभावित हुने चेतावनी दिएको छ।

यसैबीच, निर्वाचन आयोग आचारसंहिता उल्लंघनका घटनामा उदासीन बनेको आरोप पनि एमालेले लगाएको छ।

विशेषगरी होली पर्वको अवसरमा पार्टी चिन्ह अंकित सामग्री वितरण गरिएकोप्रति प्रभावकारी अनुगमन नभएको भन्दै आयोगको ध्यानाकर्षण गराइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077