काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसहितको बृहत् कम्युनिस्ट एकताको आधार तयार भइरहेको बताएका छन् ।
कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मुलुकका छरिएर रहेका कम्युनिस्ट शक्तिहरू पुनः एकीकृत हुने उनले दाबी गरे ।
उनले भने, “हामी राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यमार्फत देशको राजनीतिमा सकारात्मक सन्देश दिन चाहन्छौं। यो प्रक्रिया अन्ततः नेकपा एमालेसहितको बृहत् कम्युनिस्ट एकतामा पुग्ने मेरो दह्रो विश्वास छ।”
कार्यक्रममा नेकपाका नेता वामदेव गौतम लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो।