Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकामा नेपालीद्वारा पत्नी–छोरीको हत्या, ज्वाइँमाथि आक्रमण गर्न खोज्दा प्रहरीले हान्यो गोली

अमेरिकामा नेपालीद्वारा पत्नी–छोरीको हत्या, ज्वाइँमाथि आक्रमण गर्न खोज्दा प्रहरीले हान्यो गोली

मंगलवार , फाल्गुण १२, २०८२

एजेन्सी । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टी मा सोमबार बिहान ५० वर्षीय नेपाली नागरिक छत्रबहादुर थापाले आफ्नी पत्नी र छोरीको हत्या गरेका छन् ।

घटनास्थल पर्सिमोन ड्राइभ अपार्टमेन्ट मा उनले १० इन्च लामो धारिलो हतियार प्रहार गर्दा ५१ वर्षीया बिन्दा थापा र ३१ वर्षीया ममता थापा को मृत्यु भएको हो। उनका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेत घाइते भएका छन्।

प्रहरी घटनास्थलमा पुगेपछि छत्रबहादुरले सन्तोषमाथि आक्रमण जारी राखे । प्रहरीले हतियार फाल्न आदेश दिए पनि उनी नमानेपछि गोली चलाउन बाध्य भएका थिए ।

गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको छ। घाइते सन्तोषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटना सम्बन्धी गहन अनुसन्धान जारी राखेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077