Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इजरायलको आक्रमणमा इरानका रक्षामन्त्री मारिएको दाबी

इजरायलको आक्रमणमा इरानका रक्षामन्त्री मारिएको दाबी

शनिवार , फाल्गुण १६, २०८२

एजेन्सी । इजरायलले शनिबार इरानको राजधानी तेहरानसहित विभिन्न सहरमा भीषण हवाई हमला गरेको छ। आक्रमणसँगै मध्यपूर्व क्षेत्रमा तनाव चरममा पुगेको छ र दुवै पक्षबीच प्रत्यक्ष सैन्य टकराव तीव्र बनेको छ।

समाचार एजेन्सी रोयटर्सले इजरायली सैन्य कारबाहीसँग सम्बन्धित दुई स्रोत र एक क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै इरानका रक्षामन्त्री अमिर नासिरजादेह र रिभोलुसनरी गार्ड्सका कमान्डर मोहम्मद पाकपुर आक्रमणमा मारिएको दाबी गरेको छ।

यद्यपि, यसबारे इरानी आधिकारिक स्रोतबाट स्वतन्त्र पुष्टि हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि इरानी समाचार एजेन्सीले दक्षिणी इरानको एक विद्यालयमा मिसाइल प्रहार हुँदा कम्तीमा ४० विद्यार्थीको मृत्यु भएको र ४५ जना घाइते भएको उल्लेख गरेको थियो । घटनापछि मानवीय संकट गहिरिने चिन्ता व्यक्त गरिएको छ ।

इजरायलले अमेरिकासँग समन्वय गरी शनिबार बिहान तेहरानसहित इरानका १० सहरमा हवाई आक्रमण गरेको जनाएको छ।

आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारी गर्दै उक्त सैन्य कारबाही अमेरिकी नागरिकको सुरक्षाका लागि गरिएको बताएका छन्।

आक्रमणको जवाफमा इरानले इजरायलतर्फ झन्डै ४०० वटा मिसाइल प्रहार गरेको दाबी गरेको छ। साथै कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईमा रहेका अमेरिकी आधार शिविरहरूलाई पनि निसाना बनाइएको जनाइएको छ।

इरानले यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईमा समेत आक्रमण गरेको उल्लेख छ। यसले क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती थपिएको विश्लेषण गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077