Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरान–इजरायल तनाव : इजरायलमा कम्तीमा १० जनाको मृत्यु

इरान–इजरायल तनाव : इजरायलमा कम्तीमा १० जनाको मृत्यु

सोमवार , फाल्गुण १८, २०८२

एजेन्सी । इरानसँग युद्ध सुरु भएयता इजरायलमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।

इजरायलको आपतकालीन सेवा संस्था ‘मागेन डेभिड एडोम’ (एमडीए) ले विज्ञप्ति जारी गर्दै ‘अपरेसन रोअरिङ लायन’ सुरु भएदेखि आफ्ना टोलीहरूले २३८ जना घाइतेलाई उपचारसहित अस्पताल पुर्‍याएको जनाएको छ।

एमडीएका अनुसार मृतकको संख्या १० पुगेको छ। दुईजना गम्भीर, पाँचजना मध्यम र २२१ जना सामान्य घाइते छन्। तीमध्ये १७५ जना आश्रयस्थलतर्फ जाने क्रममा घाइते भएका उल्लेख गरिएको छ।

मृतकमध्ये नौजना बेट शेमेश सहरका रहेका छन्, जहाँ एउटा आवासीय भवनमा क्षेप्यास्त्र प्रहार भएको थियो।

आश्रयस्थलतर्फ जाँदै गरेका १०२ वर्षीय एक वृद्धलाई पनि उपचारका लागि अस्पताल लगिएको थियो, तर त्यहाँ उनलाई मृत घोषणा गरिएको एमडीएले जनाएको छ।

एमडीएले सार्वजनिक गरेको भिडियोमा आक्रमण प्रभावित क्षेत्रमा धुवाँको मुस्लो निस्किएको देखिन्छ। नजिकै एम्बुलेन्स, प्रहरी भ्यान र दमकल तयारी अवस्थामा रहेका छन् ।

अर्को दृश्यमा ध्वस्त भवन र भग्नावशेषबीच उद्धारकर्मीहरूले तीव्र रूपमा खोज तथा उद्धार कार्य गरिरहेको देखिएको छ।

इरान–इजरायल तनाव थप चर्किँदै जाँदा क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077