Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्डले चितवनबाट गरे मतदान, लगत्तै हेलिकप्टरमार्फत रोल्पा प्रस्थान

प्रचण्डले चितवनबाट गरे मतदान, लगत्तै हेलिकप्टरमार्फत रोल्पा प्रस्थान

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवनबाट मतदान गरेका छन् ।

उनले चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुलमा रहेको ‘क’ मतदान केन्द्रबाट बिहान ७ बजेर २० मिनेटमा मत खसालेका हुन् ।

नेपाल पुलिस स्कुल परिसरमा दुई वटा मतदान केन्द्र सञ्चालनमा रहेका छन्, जहाँ कुल १,८६५ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ। मतदान सम्पन्न गरेलगत्तै अध्यक्ष प्रचण्ड हेलिकप्टरमार्फत रोल्पातर्फ प्रस्थान गरेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077