Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चुनिए, इरानी सरकारले गर्‍यो घोषणा

मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चुनिए, इरानी सरकारले गर्‍यो घोषणा

सोमवार , फाल्गुण २५, २०८२

एजेन्सी । इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका छोरा मोजतबा खामेनीलाई उनको उत्तराधिकारी घोषणा गरिएको छ । 

इरानी सरकारी टेलिभिजनले सोमबार बिहान सबेरै यसको घोषणा गरेको हो । आयतोल्लाह अली खामेनीको हत्यासँगै सुरु भएको युद्ध एक नाटकीय मोडमा पुगेको बेला यो निर्णय लिइएको हो । 

मोजतबा खामेनीलाई लामो समयदेखि यस पदको सम्भावित दावेदार मानिँदै आएको थियो ।

तर, मोजतबाले यसअघि कहिल्यै पनि कुनै सरकारी पदका लागि चुनाव लडेनन् । उनलाई कुनै पदमा नियुक्त पनि गरिएको थिएन । 

इरानको ८८ जना सदस्य रहेको धार्मिकविज्ञ सभाले मोजतबालाई देशको नयाँ सर्वोच्च नेता चुनेको हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077