Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सभापति पदबाट राजीनामा दिने 'मुड'मा गगन थापा, उपसभापतिलाई गराए जानकारी

सभापति पदबाट राजीनामा दिने 'मुड'मा गगन थापा, उपसभापतिलाई गराए जानकारी

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन लागेको जानकारी दिएका छन् ।

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा सो जानकारी गराएका हुन् । भेटका क्रममा थापाले पार्टीको हारको जिम्मेवारी आफूले लिनुपर्ने भन्दै पद त्याग गर्ने तयारीमा रहेको बताएका थिए।

'पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ। अब म राजीनामा दिन्छु,' थापाले भेटमा भनेका थिए।

तर उपसभापति शर्माले भने उनलाई तत्काल राजीनामा नदिन आग्रह गरेका छन् । सोमबार साँझदेखि सुरु भएको थापा र शर्माबीचको छलफल काठमाडौंको नयाँ बानेश्वरमामा जारी रहेको स्रोतले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077