Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण, १० लाखभन्दा कम खर्चिए

रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण, १० लाखभन्दा कम खर्चिए

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचन खर्च विवरण बुझाएका छन् ।

चितवन–२ बाट निर्वाचित लामिछानेले ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्।

उनले उम्मेदवारी दर्तामा १० हजार रुपैयाँ, नमूना मतपत्र छपाइमा ६८ हजार १ सय ६१ रुपैयाँ र यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको जनाएका छन् ।

यस्तै, मतदाता प्रशिक्षणमा खाजा खर्च १४ हजार २ सय रुपैयाँ, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार, प्रचार सामग्री खरिदमा १ लाख १२ हजार रुपैयाँ, ब्यानर स्टिरकमा ५५ हजार रुपैयाँ र खाद्यान्न खरिदमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको निर्वाचन आयोगलाई बुझाएको विवरणमा लेखेका छन् ।

यस्तै, हवाई खर्च १३ हजार ६ सय २६ रुपैयाँ र गोष्ठी भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077