Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाद्धारा रूसी कच्चा तेलमाथिको प्रतिबन्ध खुकुलो

अमेरिकाद्धारा रूसी कच्चा तेलमाथिको प्रतिबन्ध खुकुलो

शुक्रवार , फाल्गुण २९, २०८२

एजेन्सी । अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ । इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले प्रतिबन्ध खुकुलो पारेको हो ।

अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत ढुवानी भइरहेको रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको अमेरिको अखबार द वासिङ्टन पोस्टले जनाएको छ।

यसअघि अमेरिकाले रूसबाट तेल किन्ने देशलाई उच्च भन्सार दर लगाउँदै आएको थियो।

फेब्रुअरीको अन्तिमयता इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण गर्दै आएको छ। जबाफमा इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडा र अन्तर्राष्ट्रिय जलमार्ग 'स्ट्रेट अफ हर्मुज'मा तेल बोकेका ट्यांकरहरूलाई लक्ष्य गरेर आक्रमण गरिरहेको छ।

यसले विश्व बजारमै तेलको आपूर्ति घटेर लगातार मूल्य बढिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077