Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले गर्‍यो गाउँपालिका उपाध्यक्षलाई पार्टीबाट निष्कासन, कांग्रेसलाई भोट मागेको आरोप

एमालेले गर्‍यो गाउँपालिका उपाध्यक्षलाई पार्टीबाट निष्कासन, कांग्रेसलाई भोट मागेको आरोप

शुक्रवार , फाल्गुण २९, २०८२

धनकुटा ।  नेकपा एमालेले धनकुटाको साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ । 

शुक्रबार धनकुटा जिल्ला कमिटी बैठकले गाउँपालिका उपाध्यक्ष राईलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

उपाध्यक्ष राईमाथि प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई भोट मागेको आरोप लागेको छ ।

लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको, पटक पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि नमानेपछि कारबाही गरिएको एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले बताएका छन् ।

भीम राईको संयोजकत्वमा गठित छानबिन समितिले मुनालाई कारबाही सिफारिस गरेको थियो ।

धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई पुनः निर्वाचित भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077