Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने र प्रचण्डबीच टेलिफोन संवाद, के भयो कुराकानी ?

रवि लामिछाने र प्रचण्डबीच टेलिफोन संवाद, के भयो कुराकानी ?

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) बीच टेलिफोन संवाद भएको छ ।

निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि ‘प्रचण्ड’ र लामिछानेबीच मोबाइल फोनमार्फत संवाद भएको नेकपा केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले जानकारी गराएका हुन् ।

उक्त संवादका क्रममा दुवैले एक अर्कालाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई आदान-प्रदान गरेका थिए। यस बाहेक उनीहरूबीच अन्य विषयमा के-कस्तो छलफल भयो भन्नेबारे भने थप विवरण सार्वजनिक गरिएको छैन।

यसअघि प्रचण्ड र बालेनबीच भेटघाट भएको समाचार पनि सार्वजनिक भएको थियो ।

तर, स्रोतका अनुसार हालसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सँग भने ‘प्रचण्ड’को कुनै भेटघाट वा औपचारिक कुराकानी भएको छैन। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077