Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई तुरुन्त बाहिरिन डोनाल्ड ट्रम्पको निर्देशन

मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई तुरुन्त बाहिरिन डोनाल्ड ट्रम्पको निर्देशन

आइतवार , चैत्र १, २०८२

काठमाडौं । अमेरिकाले मध्यपूर्वका १४ देशमा रहेका आफ्ना नागरिकलाई तुरुन्त बाहिरिन निर्देशन दिएको छ । 

मध्यपूर्वका आफ्ना सहयोगी देशहरूमाथि इरानले आक्रमण तीब्र बनाएपछि अमेरिकाले सो क्षेत्रका १४ देशमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निस्कन अपिल गरेको हो ।

बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएपछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो ।

तुरुन्त इराक छाड्न सूचना जारी गरेको अमेरिकाले मध्यपूर्वका अन्य १४ देशमा रहेका नागरिकलाई बाहिरिन भनेको छ । 

इरान समर्थित इस्लामिक आतंकवादी मिलिसियाहरूले अमेरिकी नागरिकमाथि हमला गर्न सक्ने भन्दै यस्तो सूचना जारी गरेको बताइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077