काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ।
प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठक केही बेर अघि सुरु भएको हो ।
बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरू, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा विचार-विमर्श हुने हुने जनाइएको छ।
साथै जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदन पेस गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
प्रतिवेदन पारित गर्दै कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । उक्त बैठकले प्रतिवेदन पारित गरे पनि कार्यान्वयन भने नयाँ सरकार गठनपछि मात्रै हुने छ ।
यस्तै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको आज बस्ने मन्त्रिपरिषद् बैठक सम्भवत अन्तिम हुने र बैठकमा प्रधानमन्त्रीले सबैलाई धन्यवाद दिने कार्यक्रम समेत रहेको बुझिएको छ।