Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यस्ता छन् अन्तरिम सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू

यस्ता छन् अन्तरिम सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू

आइतवार , चैत्र १, २०८२

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकले गरेका मुख्य निर्णयहरू  सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी गराएका हुन् ।

अर्यालका अनुसार, भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको छ ।

यसैगरी बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यको आवश्यक व्यवस्था नेपाली राजदूतावासहरूले मिलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको आज बसेको मन्त्रिपरिषद् बैठक अन्तिम पनि हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077