Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता महेश बस्नेतविरुद्धको मुद्दामा लिखित जवाफ माग

एमाले नेता महेश बस्नेतविरुद्धको मुद्दामा लिखित जवाफ माग

आइतवार , चैत्र १, २०८२

काठमाडौं । सर्वोच्च अदालतको अवहेलना गरेको भनी दायर भएको रिटमाथि एमाले सचिव महेश बस्नेतसँग लिखित जवाफ माग भएको छ ।

माघ ११ गते प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सचिव बस्नेतले बोलेको कुराबाट सर्वोच्च अदालतको अवहेलना भएको भन्दै कानुन व्यवसायी लवन न्यौपानेले फागुन २७ गते रिट दायर गरेका थिए ।

न्यौपानेले बस्नेतलाई अदालतको अबहेलनामा कारबाही चलाई हदैसम्मको सजाय गर्न माग गरेको उक्त रिटमा आज पेसी चढेको थियो ।

न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको यजलासले  बस्नेतसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।

कार्यक्रममा बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरु लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायीक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू फोन अफ गर्ने, पन्छिने’ भनी अभिव्यक्ति दिएको रिट निवेदनमा उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077