Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गगन थापाको राजीनामाबारे सचिनले भने - हारको जिम्मेवार तपाईं हुनुहुन्थेन दाइ, दशकौँको विकृति हो

गगन थापाको राजीनामाबारे सचिनले भने - हारको जिम्मेवार तपाईं हुनुहुन्थेन दाइ, दशकौँको विकृति हो

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता सचिन तिमिल्सिनाले पार्टी सभापति गगनकुमार थापालाई चुनावी पराजयको दोष नदिन आग्रह गरेका छन् ।

उनले पार्टीको विगत दशकको कार्यशैली, जनतासँगको दूरी र मूल्यहीन राजनीतिलाई हारको मुख्य कारण ठहर गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तिमिल्सिनाले लेखेका छन्, 'यो हारको जिम्मेवार तपाईं हुनुहुन्थेन दाइ, हाम्रो पार्टीको पछिल्लो दशकको सञ्चालन पद्धति थियो, जनतासँग पूर्ण रूपमा विच्छेद भएको सम्बन्ध थियो, मनपरी गठबन्धन थियो, भ्रष्टाचारका आरोप थिए, मूल्यहीन राजनीति थियो।'

उनका अनुसार थापाले पार्टीभित्रका विकृति विरुद्ध निरन्तर आवाज उठाउँदै सुधारको प्रयास गर्दै आएका थिए। तर, समयमै नेतृत्वले जनताको भावना नबुझेका कारण पार्टीले ठूलो मूल्य चुकाउनुपरेको उनको संकेत छ।

तिमिल्सिनाले विशेष अधिवेशनको प्रसंग उठाउँदै भने,'तत्कालीन नेतृत्वले समय र जनताको भाव बुझिदिएको भए विशेष अधिवेशनको नौबत नै आउने थिएन। विशेष अधिवेशनले कांग्रेसमा प्राण त भर्‍यो, तर जनतामाझ सुधारको सन्देश लैजाने समय अपर्याप्त भयो।'

यसैबीच, सभापति पदबाट थापाले दिएको राजीनामालाई उनले राजनीतिक नैतिकताको उदाहरणका रूपमा व्याख्या गरेका छन्। 'पार्टी सभापतिको हैसियतमा चुनावी पराजयको जिम्मेवारी लिँदै तपाईंले दिएको राजीनामाले तपाईंको राजनीतिक कद झल्काउँछ। दाइ, गर्व छ !'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077