Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविको अभियोगपत्र संसोधन प्रकरण: महान्यायाधिवक्ताको माघ २ गतेको संशोधित निर्णय पेश गर्न आदेश

रविको अभियोगपत्र संसोधन प्रकरण: महान्यायाधिवक्ताको माघ २ गतेको संशोधित निर्णय पेश गर्न आदेश

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा अभियोगपत्र संशोधनको फाइल मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

रविसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा यस्तो आदेश दिएको हो ।  

न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले महान्यायाधीवक्ताद्वारा रविसहित ५० प्रतिवादीको अभियोगपत्र संशोधन गर्ने  माघ २ मा गरेको निर्णय पेश गर्न आदेश गरेको छ । इजलासले अर्को सुनुवाइको पेसी ९ चैतमा हेर्न नमिल्ने न्यायाधीशको इजलास अलग गरी पेसी राख्न भनेको छ। आइतबारदेखि सुनुवाई सुरु भएको उक्त मुद्दा ३ दिन हेर्दाहेर्दैमा राखेर बहस भएको थियो ।  

महान्यायाधिवक्ता भण्डारीले गत ३० पुस २०८२ मा कास्की, काठमाडौं, रूपन्देही र पर्सा जिल्ला अदालतमा विचाराधीन रहेका मुद्दाहरूमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्।

उक्त निर्णयमा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा अभियोग लगाइएको र सहकारी बचतकर्ताको हितलाई प्राथमिकता दिनुपर्ने तर्क अघि सारिएको थियो।

यसरी गम्भीर प्रकृतिका अभियोगहरू हटाउने निर्णय भएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ले सर्वोच्चमा रिट दायर गरेका थिए।

रिट निवेदकहरूले महान्यायाधिवक्ताको उक्त निर्णयलाई प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी भन्दै बदर गर्न माग गरेका छन्।सर्वोच्चले अब महान्यायाधिवक्ता कार्यालयबाट प्राप्त हुने फाइलको अध्ययन गरेपछि यस मुद्दामा थप फैसला सुनाउनेछ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077