Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकी हमलामा इरानी सेनाका प्रवक्ता मारिए, होर्मुजबाट एक नेपाली इरानको कब्जामा

अमेरिकी हमलामा इरानी सेनाका प्रवक्ता मारिए, होर्मुजबाट एक नेपाली इरानको कब्जामा

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । अमेरिका र इजरायलको संयुक्त मिसाइल हमलामा इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका छन् ।

उनी इरानी सेनाका दोस्रो कमाण्डर थिए । यसअघि अमेरिकी आक्रमणमा परेर सर्वोच्च नेता आयातुल्लाह खामेनीसहित चार उच्च अधिकारीको मृत्यु भइसकेको छ ।

यसैबीच, इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति  अमृत झा रहेको बताइएको  छ ।

परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताएका हुन् ।

होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो। सोहि क्रममा उनी पनि परेका हुन् ।पक्राउ परेको विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077