Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सम्पर्कविहीन २४ प्रहरीलाई हेडक्वार्टरको अन्तिम चेतावनी

सम्पर्कविहीन २४ प्रहरीलाई हेडक्वार्टरको अन्तिम चेतावनी

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि गैरहाजिर रहेका २४ जना कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।

मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो ।

कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।

सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ।

प्रहरी प्रधान कार्यालयले चेतावनी दिँदै तोकिएको समयभित्र हाजिर नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077