Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुनाव जितेकोमा अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई

चुनाव जितेकोमा अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अमेरिकाले बधाई दिएको छ ।

फागुन २१ गते भएको निर्वाचनमा दुई तिहाई नजिक सिट प्राप्त गरेपछि दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले मंगलबार फोन गरेर सभापति लामिछानेलाई बधाई दिएका हुन्।

नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै सो विषयमा जानकारी गराएको हो ।

'दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चैत्र १० गते फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिनुभएको छ,' नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

टेलिफोन वार्ताका क्रममा उनले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको दूतावासले जनाएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको  निर्वाचनमा २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको छ ।

दुई तिहाई नजिक सिट प्राप्त गरेपछि रास्वपाले चैत्र १३ गते सरकार बनाउँदै छ। रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन्। त्यसअघि १२ गते सांसदहरूको सपथग्रहण हुँदैछ।

झण्डै दुई तिहाई बहुमतसहित सरकार बनाउने तयारीमा रहेको रास्वपालाई भारत, चीन लगायतका मित्र राष्ट्रहरुले यसअघि नै बधाई दिइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077