Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा असईको सट्टा सई पदमा भर्ना गर्न जाँचबुझ आयोगको सुझाव

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा असईको सट्टा सई पदमा भर्ना गर्न जाँचबुझ आयोगको सुझाव

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धि जाँचबुझ आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी सहायक निरीक्षक(असई)को सट्टा प्रहरी नायब निरीक्षक(सइ) पदमा भर्ना गर्न सुझाव दिएको छ।

१२ कक्षा उत्तीर्ण व्यक्ति निजामती प्रशासनमा नायब सुब्बामा भर्ना हुने भएकाले सोही बराबर प्रहरीले पनि असईको सट्टा सई पदमा भर्ना गर्न सिफारिस गरिएको छ।

यो विषयमा पहिलेदेखि नै सुरक्षा निकायका छलफल भइरहेको छ।

त्यस्तै, निजामतीको अधिकृत तथा प्रहरी र सशस्त्र प्रहरीको इन्सपेक्टर पदमा एउटै छनौट प्रक्रियाबाट भर्ना गर्न सुझाव दिइएको छ ।

साथै जवान पदमा एसईइ उत्तीर्ण गरेकालाई मात्र भर्नँ गर्न पनि आयोगले सिफारिस गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077