Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ जारी

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ जारी

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ जारी छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सो रिट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ ।

यसअघि ५ चैतमा न्यायाधीशद्वय  शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले लामिछानेसहितको मुद्दा संशोधनको निर्णय सच्चाइएको फाइल झिकाउन आदेश दिएकोमा महान्यायाधिवक्ताको कार्यालयले आइतबार सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेको थियो । सोमबारदेखि सो रिट हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि  पुनः सुनुवाइ भएको हो । 

गएको पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा विचाराधीन रहेको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।

यद्यपी। जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता (अभियोग संशोधन)को निवेदन अदालतमा पेश गरे पनि जिल्ला अदालतले सर्वोच्चमा रहेको यो मुद्दाको टुंगो नलागेसम्म कुनै निर्णय नगर्ने भनेका छन्।

सो निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेतलाई रिटमा विपक्षी बनाइएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ ले ४ माघमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए।

अहिले रिट निवेदकका तर्फबाट भएको बहस सकिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए। यसपछि लामिछानेका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका कर्मचारीले बहस गर्नेछन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077