Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images
चित्तलको सिङ र खुट्टा गायव प्रकरण

डीएसपी चन्द, इन्स्पेक्टर भण्डारी र वरिष्ठ सई भट्टलाई 'नसिहत' को कारबाही

डीएसपी चन्द, इन्स्पेक्टर भण्डारी र वरिष्ठ सई भट्टलाई 'नसिहत' को कारबाही

शनिवार , चैत्र १४, २०८२

कैलाली । कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) रणबहादुर चन्दसहित तीनजना प्रहरीलाई 'नसिहत' दिइएको छ ।

गत साउन ९ गते गोदावरी नगरपालिका–८ स्याउलेबाट वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित दुईजना पक्राउ परेको घटनामा कमजोरी भेटिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले डीएसपी चन्द, प्रहरी निरीक्षक दानसिंह भण्डारी र वरिष्ठ सई दिपेन्द्र भट्टलाई प्रहरी नियमावली अनुसार ट्रयाक रेकर्डमा जनाइने गरी नसिहत दिएको हो ।

इन्स्पेक्टर भण्डारी र वरिष्ठ सई भट्ट तत्कालिन समयमा इप्रका मालाखेतीको मुद्धा शाखामा कार्यरत थिए । त्यस्तै, स्रोतका अनुसार सोही घटनामा संलग्न इन्स्पेक्टर इन्द्रदेव भट्ट, असई करन पार्की लगायत १० जनालाई ट्रयाक रेकर्डमा जनाइने गरी सचेत गराइएको छ ।

गत साउन ९ गते गोदावरी नगरपालिका–८ स्याउलेमा चन्द्रबहादुर चौधरी र राजकुमार चौधरीबाट भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टा बरामद भएको थियो । तर, मुद्दा दर्ता गर्दा सिङ र खुट्टा उल्लेख नभएको पाइएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो ।

त्यसपछि मुद्दा शाखाका तत्कालीन प्रमुख भण्डारीमाथि बरामद सामग्री लुकाएको लगायत विभिन्न गम्भीर आरोपसहित प्रहरी प्रधान कार्यालयमा वेनामे उजुरी परेको थियो । सो उजुरीपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले डीएसपी चन्दको नेतृत्वमा ५ सदस्ययी छानविन समिति गठन गरेको थियो ।

उक्त समितिले अनुसन्धानमा कमजोरी नभएको भन्दै प्रदेश प्रहरी कार्यालयमा प्रतिवेदन पेश गरेको थियो । तर पुनः परेको बेनामी उजुरीपछि प्रदेश प्रहरी कार्यालय धनगढीले तत्कालीन डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा अर्को छानबिन समिति गठन गर्‍यो ।

उक्त छानविन समितिले सो घटनाको अनुसन्धानमा कमजोरी भएको निष्कर्ष निकाल्यो । त्यसपछि अनुसन्धानमा खटिएका सबै प्रहरीलाई कारबाही गर्न भन्दै प्रतिवेदन बुझाइयो ।

सो प्रतिवेदन कार्यान्वयन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीले कैलाली प्रहरीलाई निर्देशन दिएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पुर्‍याएर कैलाली प्रहरीले प्रतिवेदन कार्यान्वयन गरेको बताइएको छ ।

सोही प्रतिवेदनका आधारमा उनीहरुलाई कारबाही गरिएको हो । वेनामे उजुरीमा इन्स्पेक्टर भण्डारीको नाम मात्रै उल्लेख भएपनि कार्यालय प्रमुख समेतलाई विभागीय कारबाही गरिएको हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077