काठमाडौं । सांसद हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङको पछिल्लो गतिविधिलाई लिएर प्रश्न उठाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत २४ घण्टा नपुग्दै गृहमन्त्री गुरुङ चीनको नाकासम्म पुग्नुले सरकारको प्राथमिकता र निर्णय प्रक्रियामाथि शंका उत्पन्न भएको टिप्पणी गरेका हुन् ।
साम्पाङले चीनतर्फबाट ‘अघोषित नाकाबन्दी’ जस्तो अवस्था सिर्जना भएको दाबी गर्दै सरकार त्यसप्रति गम्भीर नदेखिएको आरोप लगाए ।
'२४ घण्टा नपुग्दै चीनको नाकामा पुग्न भ्याएछ गृह मन्त्री ! चीनले अघोषित नाकाबन्दी पनि लगाएछ ! यो सरकार कस्को इशारामा चल्दैछ ?' उनले प्रश्न गरे।
उनले गृहमन्त्री गुरुङलाई लिपुलेक क्षेत्रतर्फ पनि पुगेर वास्तविक अवस्था बुझ्न पनि आग्रह गरे । 'लिपुलेक तिर नि पुग्नु है हेर्न !,' उनले फेसबुकमा उल्लेख गरेका छन् ।