Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक भट्ट र सुलभ अग्रवालमाथिको छानबिन अन्तिम चरणमा, गृहमन्त्री गुरुङले रोक्लान् मुद्दा ?

दीपक भट्ट र सुलभ अग्रवालमाथिको छानबिन अन्तिम चरणमा, गृहमन्त्री गुरुङले रोक्लान् मुद्दा ?

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । विवादास्पद व्यापारी दिपक भट्ट र सुलभ अग्रवालमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दुवैको बयान लिएर मुद्दा प्रक्रिया अघि बढाउन लागेको हो । 

शंकर ग्रुप र दीपक भट्टका कम्पनीबिच सन्देहपूर्ण कारोबार पुष्टि भएपछि मुद्दा चलाउन लागिएको विभाग स्रोत बताउँछ । जसमा विभागले सबै प्रमाण संकलन गरिसकेको छ ।

दुई साताअघि दुवैको बयान सकिएको छ । गत साता नै फाइल सरकारी वकिल कार्यालय बुझाउने तयारी भएपनि नयाँ सरकार बनेपछि मुद्दा अघि बढाउन लागिएको हो । 

भट्टकी सासू अञ्जना नेपालको नाममा दर्ता गरिएको एलियन्ट ब्रोकरेज कम्पनीमा हिमालयन रिइन्स्योरेन्सबाट ५२ करोड रुपैयाँ जम्मा गरिएको विषयमा छानबिन केन्द्रीत छ । 

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले भट्ट र उनको परिवारको बैंक खातामा अस्वाभाविक कारोबार पत्ता लगाएपछि दुई वर्षअघि नै पत्राचार गरेको थियो ।

भट्टको एकल स्वामित्वमा रहेको कम्पनी इन्फिनिटी होल्डिङ प्रालिको चुक्ता पुँजी एक वर्षमा तीन करोडबाट रहस्यमय रुपमा ४८ करोड पुर्‍याइएको थियो । जसको स्रोत खुलेको छैन । 

०७७ असारमा सो कम्पनीको चुक्ता पुँजी तीन करोड रहेकोमा ०७८ असार मसान्तमा ४८ करोड पुगेको थियो । बयानमा भट्टले त्यसको आर्थिक स्रोत देखाउन सकेका छैनन् । 

भट्टको व्यक्तिगत खातामा शंकर ग्रुपको जगदम्बा स्टिल्सको खाताबाट ४५ करोड जम्मा भएको थियो  । कम्पनीको खाताबाट सो रकम भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा गएको थियो  । जुन कारोबारको प्रयोजन र वास्तविक धनीको पहिचान नखुलेको राष्ट्र बैंकको पत्रमा उल्लेख छ ।  

हिमालयन रिइन्स्योरेन्स लिमिटेड र इन्फिनिटी होल्डिङ प्रालिबिचको करोडौँको कारोबार पनि खुलेको छैन । जगदम्बा र हिमालयन रिइन्स्योरेन्ससँग कारोबार पनि कानूनविपरीत देखिएको छ ।

हिमालयन रिइन्स्योरेन्स भट्टकै अग्रसरतामा खोलिएको कम्पनी हो । जसमा सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचारको आरोप लाग्दै आएको छ । जून शंकर ग्रुपकै अग्रसरतामा खोलिएको कम्पनी हो ।

जगदम्बा स्टिल्सको खाताबाट उनले आर्थिक वर्ष ०७७र७८ मा ४८ करोड लिएकोमा पछि गायब बनाइएको थियो । 
भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालि र उनको व्यक्तिगत ओफरड्राफ्ट चल्ती खाताबाट शंकास्पद र अस्वाभाविक कारोबार कानूनविपरीत भएको छानबिनबाट पुष्टि भएको छ । 

५० लाख ऋणको सीमा रहेको उनको व्यक्तिगत खाताबाट १४ असार ०७८ देखि २३ असारको बिचमा ३० करोड १५ लाख ८७ हजार ७४७ रुपैयाँ जम्मा भएको थियो भने ४५ करोड चार लाख ४५ हजार ११० रुपैयाँ भुक्तानी भएको थियो । 

त्यस्तै, १७ असार ०७८ देखि ५ साउन ०७८ को बिचमा इन्फिनिटी होल्डिङको खातामा १८ करोड ४० लाख ९५ हजार ५६६ रुपैयाँ जम्मा र ६३ करोड ४० लाख ९३ लाख ८२९ रुपैयाँ भुक्तानी भएको समेत विभागको छानबिनबाट खुलेको छ । 

जुन खाताको ऋण सीमा ४४ करोड रुपैयाँ छ । त्यस्तै, उनको नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा सोही वर्ष असार १३ देखि १६ गतेबिचमा जगदम्बा स्टिल्सबाट ४५ करोड जम्मा भएको थियो ।

५ महिनाअघि नै भट्टमाथि छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), राजश्व अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकका अधिकारी सम्मिलित संयुक्त छानबिन समिति बनेको थियो ।

सिआइबीले अनुसन्धानमा अपेक्षित सहयोग नगरेको विभागका अधिकारी बताउँछन् । भट्ट देशकै ठूला बिचौलिया मानिन्छन् । सत्तामा जो आए पनि प्रधानमन्त्रीलाई नै प्रभावमा पारेर उनले नीतिगत चलखेल गर्दै आएका छन् । 

अहिलेको बालेन सरकारसँग पनि निकट हुने प्रयासमा उनी छन्। हालका गृहमन्त्री सुधन गुरुङसँग उनीहरुको निकटतम सम्बन्ध देखिएको थियो ।

गुरुङको हामी नेपाल संस्थालाई भट्ट र अग्रवालको कम्पनीले १० वर्ष पहिलादेखि नै सहयोग गर्दै  आएको उनको वेभसाइटमै उल्लेख छ। त्यही पुरानो सम्बन्ध प्रयोग गरेर अहिले छानबिन रोक्ने त होइनन् भन्ने डर पनि अनुसन्धान अधिकारीलाई छ ।

भट्ट केपी ओली र शेरबहादुर देउवाको वेडसम्म पुग्न सक्ने क्षमता भएका बिचौलिया समेत हुन् । काँग्रेस महाधिबेशनम र निर्वाचनमा उनले गगन थापालाई ठुलो आर्थिक सहयोग गरेको बिषयमा पनि थप  छानविन हुन सक्ने देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077