Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई अर्को तारेख तोकियो

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई अर्को तारेख तोकियो

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी प्रकरणमा अर्को मिति तोकेको छ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेले आज अदालतबाट तारेख बुझेपछि अर्को तारेख बैशाख १४ गतेका लागि तोकिएको हो ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत काठमाडौंस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लागेको आरोप छ ।

सोहिअनुसार लामिछानेविरुद्ध ०८१ पुस २१ मा संगठित रुपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा परेको थियो । उनीविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए ।

सो मुद्दा लामिछाने अहिले थुना बाहिरै बसेर लडिरहेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077