काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोकिएको छ ।
युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर भएको रिटको सुनुवाइ हुन लागेको हो ।
उक्त रिट न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा बहस हुने तय गरिएको अदालत स्रोतले जनाएको छ। यसअघि पटक-पटक कार्यव्यस्तताका कारण सुनुवाइ स्थगित हुँदै आएको यो मुद्दा आजको सूचीमा क्रमसंख्या अनुसार अगाडि सारिएको छ।
लामिछानेले दोहोरो (नेपाली र अमेरिकी) राहदानी राहदानी लिई प्रयोग गरेको भन्दैदुई वर्षअघि युवराज पौडेल ९सफल०ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा दायर गरेका थिए ।
२०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।
त्यसविरुद्ध युवराज सफल सर्वोच्च गएका हुन् ।
लामिछानेविरुद्ध राहदानीको दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको रिटमा माग दावी गरिएको छ ।
आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको रिटमा दावी गरिएको छ ।
यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको थियो । २२ चैत २०७९ मा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेकोमा सो निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो ।