Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीले बोलाएको कोठे बैठक बहिष्कार गर्छौ: हर्क साम्पाङ

प्रधानमन्त्रीले बोलाएको कोठे बैठक बहिष्कार गर्छौ: हर्क साम्पाङ

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष एवम नवर्निवाचित सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्ने बताएका छन् । 

प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारमा सोमबार बस्ने गरी बोलाएको बैठकमा सहभागी नहुने उनले बताएका हुन् ।

हर्कले प्रतिनिधिसभाको बैठक बाहेक कुनै पनि कोठाभित्र हुने अनौपचारिक बैठकमा आफू लगायत आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने बताएका छन् ।

आज प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गर्दैछन् । यसैका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो ।

त्यसैको प्रतिपाद गर्दै उनले भनेका छन्- 'प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाह भएन । हामी कोठे बैठकमा आउँदैनौँ। सदनको बैठक बोलाउनु पर्‍यो । हप्ताको १ चोटि कम्तीमा राख्नुपर्छ बैठक । जनताको प्रश्नहरुदेखि भाग्न पाइँदैन । सबै प्रश्नका उत्तर दिनै पर्छ सरकारले १’। जय लोकतन्त्र ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077